विश्वकप खोखो प्रतियोगिताको फाइनलमा नेपाली महिला टोली

हिमाल प्रेस ५ माघ २०८१ २०:०७ | Saturday, January 18, 2025
विश्वकप खोखो प्रतियोगिताको फाइनलमा नेपाली महिला टोली

काठमाडौँ– नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ।

नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। नेपालको महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको हो।

महिलातर्फ समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो।

यसैगरी क्वाटरफाइनल खेलमा नेपालले इरानलाई १०३–८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो।

प्रकाशित: ५ माघ २०८१ २०:०७ | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast