विप्लवको पसलमा पाइन्छ कास्कीको चामलदेखि कालीकोटको भैँसीको घिउसम्म

हिमाल प्रेस १४ माघ २०८१ १७:०१ | Monday, January 27, 2025
विप्लवको पसलमा पाइन्छ कास्कीको चामलदेखि कालीकोटको भैँसीको घिउसम्म

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काठमाडौँको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ। केन्द्रमा कास्कीको चामलदेखि कालीकोटको भैँसीको घिउसम्म राखिएको छ।

उक्त केन्द्रको आज पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र महासचिव चन्दले संयुक्त रूपमा उद्घाटन गरे।

व्यापार केन्द्र हाललाई बूढानीलकण्ठमा सीमित रहे पनि विस्तारै उपत्यकाका विभिन्न भागमा खोलिने प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए।

व्यापार केन्द्रमा नेकपाले विभिन्न ठाउँमा उत्पादित धान, मकै, आलु, मह, तोरी, घिउ, टिमुरलगायत अर्गानिक उत्पादनहरू राखिएका छन्।

नुवाकोटको ककनीमा नेकपा कार्यकर्ताले उत्पादन गरेको स्ट्रबेरीको मूल्य प्रतिकिलो ७०० रुपैयाँ तोकिएको छ भने कपिलवस्तुमा उत्पादित सुकुटी प्रतिकिलो एक हजार छ सय, जुम्लाको मार्सी चामल प्रतिकिलो २३० तोकिएको छ।

त्यस्तै कालीकोटको भैँसीको घिउको मूल्य ९००, कास्कीमा उत्पादित जेठो बुढो धानको चामलको मूल्य प्रतिकिलो २७० रहेको छ।

प्रकाशित: १४ माघ २०८१ १७:०१ | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast