वामदेवलाई समाजवादीको सर्त : आउने भए आत्मालोचना गर्नुस्

हिमाल प्रेस १३ माघ २०८१ १२:२६ | Sunday, January 26, 2025
वामदेवलाई समाजवादीको सर्त : आउने भए आत्मालोचना गर्नुस् वामदेव गौतम। फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई पार्टीमा आउने भए आत्मालोचना गर्न सर्त अघि सारेको छ। पार्टी प्रवेशका लागि सबै तयारी भएर अन्तिम अवस्थामा धोका दिएको आरोप समाजवादीको छ।  ‘हामीलाई उहाँ (वामदेव) बाट धोका भयो,’ समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले भने, ‘मबाट गल्ती भयो भनेपछि मात्र प्रवेश पाउनुहुनेछ।’

नेकपा एमालेका पूर्वउपाध्यक्ष  गौतमले एमालेसँग एकता गर्न खोजेर समाजवादीलाई धोका दिएको आरोप समाजवादीको छ। समाजवादीले वामदेवलाई भित्र्याउन औपचारिक निर्णय गरेको थियो। पार्टीमा उनलाई तेस्रो वरीयता दिने निश्चित भएको थियो। तर एमालेले प्रस्ताव गरेपछि वामदेवले समाजवादीसँग सम्पर्कविच्छेद गरेका थिए। यही कारण वामदेव अब सर्तसहित मात्र समाजवादीमा जान पाउने भएका छन्।

प्रकाशित: १३ माघ २०८१ १२:२६ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast