लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला।
इटहरी- अदालतले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश उद्दवप्रसाद भट्टराई को इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो।
कोइराला सहकारी ठगीमा मुछिएकी थिइन्। यस अघि फरार रहेकी कोइराला बुधबार अदालतमा हाजिर भएकी थिइन्।
उमागौरी सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीसहित २६ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेको थियो।
प्रकाशित: २४ पुष २०८१ १८:१० | Wednesday, January 8, 2025
प्रतिक्रिया





