लिग लिडर लिभरपुलको बराबरी

हिमाल प्रेस २ माघ २०८१ ८:४१ | Wednesday, January 15, 2025
लिग लिडर लिभरपुलको बराबरी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुल नटिङघम फरेस्टसँग १-१ को बराबरीमा रोकिएको छ। उनीहरूले बराबरी खेल्दै अंक बाँडेका छन्।

यो नतिजासँगै लिभरपुलले २० खेलमा ४७ अंक जोडेको छ। नटिङघम २१ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। सिटी ग्राउन्डमा घरेलु टोली नटिङघमले अग्रता जोगाउन सकेन। खेलको आठौं मिनेटमा क्रिस उडको गोलमार्फत नटिङघमले अग्रता लिएको थियो।

डिएगो जोटाले ६६औं मिनेटमा लिभरपुलका लागि बराबरी गोल फर्काए। त्यसपछि थाप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने।

प्रकाशित: २ माघ २०८१ ८:४१ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast