लालिगामा बार्सिलोनालाई निरन्तर धक्का

हिमाल प्रेस ६ माघ २०८१ ८:०९ | Sunday, January 19, 2025
लालिगामा बार्सिलोनालाई निरन्तर धक्का

काठमाडौँ- स्पेनिस लालिगामा बार्सिलोनालाई जितविहीन बन्दै गएको छ। बार्सिलोना गएका ४ खेलदेखि जितविहीन बन्दा अंकतालिकामा कमजोर बनेको छ। यी मध्ये पनि बार्सिलोनाले दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ। शनिबार रातिको खेलमा पनि बार्सिलोना र गेटाफेसँग अंक बाँड्न पुग्यो। गए रति भएको खेलमा दुवै टोलीबाट १-१ गोल भएको थियो।

बार्सिलोनाका लागि खेलको ९औँ मिनेटमा जुलेस कउन्डेले गोल गर्दै गेटाफेविरुद्ध टिमलाई अग्रता दिलाएका थिए। तर, ३४औँ मिनेटमा गेटाफेका माउरो अरामबरीले बराबरी गोल फर्काए। त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल १-१ गोलको बराबरीमा सकिएको छ।

लिगअन्तर्गतको अर्को खेलमा रियल बेटिसलाई एल्भले ३-१ गोलले पराजित गर्‍यो। एट्लेटिको मड्रिड लेगान्ससँग १-० ले पराजित हुँदा सेभिल्लाले जिरोनलाई २-१ ले पराजित गर्‍यो।

लिगको शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडको ४४ अंक छ। दोस्रो स्थानको रियल मड्रिडको ४३ अंक हुँदा तेस्रो स्थानको बार्सिलोनाको ३९ अंक छ। त्यस्तै चौथो स्थानको एथ्लेटिक क्लबको ३६ तथा पाँचौँ स्थानको भिल्लारियलको ३० अंक छ।

प्रकाशित: ६ माघ २०८१ ८:०९ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast