लागुऔषध कारोबारमा संलग्न दुई महिला पक्राउ

हिमाल प्रेस ३ माघ २०८१ १४:५१ | Thursday, January 16, 2025
लागुऔषध कारोबारमा संलग्न दुई महिला पक्राउ

काठमाडौँ- प्रहरीले सुनसरीबाट लागुऔषध कारोबारमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको छ।

सुनरीको धरान उपमहानगरपालिका–१० बाट प्रहरीले २७ वर्षीया मनिका बिक र ३८ वर्षीया रेनुका लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।

कृष्ण नेवारको घरमा डेरा गरेर बसेका उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

उनीहरूको साथबाट सुटकेसभित्र लुकाइरहेको अवस्थामा साढे दुई हजार ट्रमाडोल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ माघ २०८१ १४:५१ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast