रूपन्देही जिल्ला अदालतमा आज पनि रविको थुनछेक बहस

हिमाल प्रेस १३ माघ २०८१ ७:४८ | Sunday, January 26, 2025
रूपन्देही जिल्ला अदालतमा आज पनि रविको थुनछेक बहस फाइल तस्बिर

काठमाडौँ- रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेकोथुनछेक बहस आज हुँदैछ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए।

यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए। अन्य कानुन व्यवसायीहरूले बहस गर्न बाँकी रहेकोले थुनछेक लम्बिइएको अदालतले जनाएको छ।

जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेकोले आज फेरि बहस हुने बताए।

प्रकाशित: १३ माघ २०८१ ७:४८ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast