रास्वपाले गर्‍यो नेपाली खो–खो टोलीलाई सम्मान

हिमाल प्रेस ९ माघ २०८१ २१:४० | Wednesday, January 22, 2025
रास्वपाले गर्‍यो नेपाली खो–खो टोलीलाई सम्मान

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली खो–खो टोलीलाई सम्मान गरेको छ। भारतमा केही दिनअघि भएको प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई रास्वपाले सम्मान गरेको हो ।

रास्वपाको युवा तथा खेलकुद विभागले आज (बुधबार) दुवै टोलीलाई पार्टी कार्यालय बनस्थलीमा सम्मान गरेको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। उनका अनुसार दुवै टोलीका खेलाडी, प्रशिक्षक र सदस्यलाई सम्मान गरिएको हो।

कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद (डीपी)अर्यालले नेपाली खेलकुदले अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै खेलाडीको थप प्रोत्साहन र अवसरका लागि  पार्टी सधैँ प्रतिबद्ध रहने बताए।

कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठलगायतको उपस्थिति थियो। उनीहरूले नेपाली टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएकामा खेलाडीलाई बधाई दिए।

प्रकाशित: ९ माघ २०८१ २१:४० | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast