यू १९ महिला विश्वकप : बंगलादेशविरुद्ध नेपालको कमजोर लक्ष्य

हिमाल प्रेस ५ माघ २०८१ १३:४१ | Saturday, January 18, 2025
यू १९ महिला विश्वकप : बंगलादेशविरुद्ध नेपालको कमजोर लक्ष्य

काठमाडौँ- यू १९ महिला टी २० विश्वकपको सुरुवाती खेलमा नेपालले बंगलादेशसामु कमजोर लक्ष्य प्रस्तुत गरेको छ।

बंगलादेशविरुद्ध कुनै पनि नेपाली खेलाडीले खुलेर ब्याटिङ चलाउन नसक्दा कमजोर लक्ष्य प्रस्तुत गर्न बाध्य भयो। मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुदै ५२ रनको झिनो योगफल तयार गर्‍यो।

नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन्। सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिए । नेपालका ५ ब्याटर रन आउट भए।

प्रकाशित: ५ माघ २०८१ १३:४१ | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast