यू १९ महिला टी २० विश्वकप : स्कटल्यान्डसँग नेपाल ७३ रनमा ‘अलआउट’

हिमाल प्रेस ७ माघ २०८१ १३:५२ | Monday, January 20, 2025
यू १९ महिला टी २० विश्वकप : स्कटल्यान्डसँग नेपाल ७३ रनमा ‘अलआउट’

काठमाडौँ- आईसीसी यू १९ महिला टी २० विश्वकपमा नेपाली टोली स्कटल्यान्डसँग ७३ रनमा अलआउट भएको छ। टस हारेर ब्याटिङ रोजेको नेपालले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएको हो।

नेपालका लागि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री धामीले १० रन जोड्नु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। स्कटल्यान्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन्।

पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्। नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । खेलमा ब्याटिङ पूर्णरूपमा धराशाही हुँदा नेपाल ५२ रनमा अल आउट भएको थियो । स्कटल्याण्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो।

सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ। माघ ५ गते शनिबार पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्यान्डसँग भिड्न लागेको हो। नेपालले महिला क्रिकेटमा त्यसमाथि पनि यू १९ स्तरमा स्कटल्यान्डसँग खेल्न लागेको यो पहिलोपटक हो। यसअघि पनि विश्‍वकप खेलिसकेको स्कटल्यान्ड छनोटबाट आएको टिम हो। त्यसकारण नेपाल र स्कटल्यान्डको स्तर एउटै हुनेछ।

प्रकाशित: ७ माघ २०८१ १३:५२ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast