यी हुन् एमालेप्रति असन्तुष्टि जनाउँदै भीम रावलको अभियानमा लागेका १ हजार ८१ कार्यकर्ता

हिमाल प्रेस ८ माघ २०८१ ११:२६ | Tuesday, January 21, 2025
यी हुन् एमालेप्रति असन्तुष्टि जनाउँदै भीम रावलको अभियानमा लागेका १ हजार ८१ कार्यकर्ता

काठमाडौँ- नेकपा एमालेले भीम रावललाई निस्कासित गरेपछि सुदूरपश्चिमका नेताकार्यकर्ताले निरन्तर असन्तुष्टि पोख्दै आएका छन्। उनीहरूले रावललाई गरिएको कारबाहीप्रति असन्तुष्ट हुँदै एमाले छाड्दै क्रम बढेको छ। यसै सन्दर्भमा सुदूरपश्चिमका १०८१ जनाले रावलको मातृभूमि अभियानमा लागेका छन्।

रावलको अभियानलाई समर्थन गर्नेमा अछामबाट प्रतिनिधित्व गर्दै प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका सात जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य पाँच जना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एक जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीन जना, जिल्ला सल्लाहकार सदस्य १३ जना छन्।

यस्तै नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेम संघ कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ जना, संगठित सदस्यहरु छ सय ३७ जना र अन्य एमाले कार्यकर्तासहित एक हजार ८६ जना रहेका छन्।

प्रकाशित: ८ माघ २०८१ ११:२६ | Tuesday, January 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast