महिला टी–२० शृंखला : नेदरल्याड्ससँग नेपाल पराजित

हिमाल प्रेस १७ माघ २०८१ १५:४१ | Thursday, January 30, 2025
महिला टी–२० शृंखला : नेदरल्याड्ससँग नेपाल पराजित तस्बिर : क्यान।

काठमाडौँ- महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग् पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग नेपाल २० रनले पराजित भएको हो। जितसँगै नेदरल्यान्ड्सले अंकतालिकामा दुई अंक जोडेको छ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेका १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाएर मात्र १३७ रन बनाउन सक्यो।

नेदरल्यान्ड्सका लागि रोबिने रिज्केले सर्वाधिक ५९ रन बनाइन्। ४८ बल सामना गरेकी उनले आठ चौका प्रहार गरिन्। रिज्के नटआउट रहिन्।

त्यस्तै स्टेरे क्यालिसले २९, हिदर सिगर्सले २३ र इरिस विलिङले ३१ रन बनाइन्।

नेपालका लागि कविता कुँवर, पुजा महतो, इश्वरी विस्ट र सीता राना मगरले १–१ विकेट लिइन्।

१५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि सीताराना मगरले सर्वाधिक २८ रन बनाइन्। त्यस्तै सम्झना खड्काले ९, कप्तान इन्दु वर्माले ७, कविता कुँवरले ८, रविना क्षेत्रीले ११ पुजा महतोले २४ र कविता जोशीले २७ रन जोडेकी थिइन्।

नेदरल्यान्ड्सका लागि कार्लोनी डी लेङ र इभा लिन्चले २–२ तथा आइरिस विलिङ र फेड्रिक ओभरडिज्कले १–१ विकेट लिइन्।

प्रकाशित: १७ माघ २०८१ १५:४१ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast