मधेश केन्द्रित दलको वार्ता समितिको संयुक्त बैठक मंगलबार बस्दै

हिमाल प्रेस २९ पुष २०८१ १९:५० | Monday, January 13, 2025
मधेश केन्द्रित दलको वार्ता समितिको संयुक्त बैठक मंगलबार बस्दै

काठमाडौँ- मधेश केन्द्रित राजनीतिक दलहरूको वार्ता समितिको संयुक्त बैठक मंगलबार बस्ने भएको छ। मधेश केन्द्रित दलहरूको मोर्चा बनाउने उद्देश्यले गठित वार्ता समितिको बैठक बस्न लागेको हो।

बैठक बिहान ११ बजे काठमाडौँको धुम्बराहीस्थित समर्पण एकेडमीमा बैठक बस्ने बताइएको छ।

मधेश केन्द्रित राजनीतिक दलहरूले साझा मुद्दामा कार्यगत एकता गर्ने उद्देश्यले वार्ता समिति बनाएयता पहिलोपटक संयुक्त बैठक बस्न लागेको हो। वार्ता समितिका सदस्यहरूको संयुक्त बैठकका लागि जनता प्रगतिशील पार्टी (जप्रपा) ले अगुवाइ गरेको छ।

जप्रपाका अध्यक्ष हृदयेश त्रिपाठीले मधेशका साझा मुद्दा सम्बोधनका लागि मधेश केन्द्रित दलहरूलाई कार्यगत एकताका लागि आह्वान गरेका थिए। यसबीचमा जप्रपाले गठन गरेको वार्ता समितिले मधेश केन्द्रित अधिकांश राजनीतिक दलहरूसँग कार्यगत एकता लागि छुट्टाछुट्टै संवाद गरेको छ।

मोर्चा निर्माणका लागि त्रिपाठी नेतृत्वको जप्रपाले आह्वान गरेपछि मधेश केन्द्रित सबै राजनीतिक दलले वार्ता समिति गठन गरेका छन्।

बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्य, साझा एजेन्डालगायतका विषयमा छलफल हुने राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले बताए।

मंगलबारको बैठकमा जसपा नेपालबाट राजकिशोर यादव, लोसपाबाट जितेन्द्र सोनल र सुरेन्द्र झा, जसपाबाट रेणु यादव र इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरदसिंह यादव, जप्रपाबाट शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा र अनिल महासेठ तथा तमलोपाबाट ब्रजकिशोर सिंह सहभागी हुने जनाइएको छ।

प्रकाशित: २९ पुष २०८१ १९:५० | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast