मधेश केन्द्रित आठदलीय कार्यदल बैठक : ड्राफ्ट तयार पार्ने निर्णय

हिमाल प्रेस १८ माघ २०८१ २०:०७ | Friday, January 31, 2025
मधेश केन्द्रित आठदलीय कार्यदल बैठक : ड्राफ्ट तयार पार्ने निर्णय

काठमाडौँ- मधेश केन्द्रित आठदलीय मोर्चाको कार्यदलले मोर्चा निर्माणका निम्ति दस्तावेजको ड्राफ्ट तयार गर्ने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको कार्यालयमा बसेको कार्यदलको बैठकले यो निर्णय गरेको हो।

राष्ट्रिय मुक्ति पार्टीका नेता एवं कार्यदलका सदस्य केशव झाले मोर्चा निर्माणका लागि ड्राफ्ट तयार गर्ने निर्णय भएको जानकारी दिए।

‘बैठकमा कार्यदलका सबै सदस्य उपस्थित हुनुहुन्थ्यो। बैठकले मोर्चा बनाउने कार्यका निम्ति दस्तावेजको ड्राफ्ट तयार गर्ने निष्कर्ष निकालिएको छ,’ झाले भने।

मोर्चाको नाम, अवधारणा, एजेन्डा र आचारसंहित लेखनका निम्ति सदस्यहरूलाई भनिएको उनले बताए। चाँडै ड्राफ्ट तयार गरी कार्यदलको अर्को बैठक बस्ने निर्णय भएको झाले जानकारी दिए।

कार्यदलबाट ड्राफ्ट तयार भइसकेपछि शीर्ष तहमा प्रस्तुत गरेर आवश्यक निर्णय लिइने उनले बताए।

बिहीबार बसेको मधेश केन्द्रित आठ राजनीतिक दलको बैठकले मोर्चा निर्माण र सकार्यका लागि कार्यदल बनाउने निर्णय गरेको थियो।

कार्यदलमा जसपाका इस्तियाक राई, जनमत पार्टीका शरदसिंह यादव, जसपा नेपालका मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीका केशव झा, जनता प्रगतिशील पार्टीका शिवजी यादव र तमलोपाका ब्रजेस सिंह छन्।

प्रकाशित: १८ माघ २०८१ २०:०७ | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast