मतपत्रमा पानी छर्कने र रङ विवादले क्रान्तिकारीको मतगणना स्थगित

हिमाल प्रेस १४ माघ २०८१ ६:३० | Monday, January 27, 2025
मतपत्रमा पानी छर्कने र रङ विवादले क्रान्तिकारीको मतगणना स्थगित

काठमाडौँ- अखिल क्रान्तिकारीको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ। मतपत्रमा पानी छर्कने र रङ विवादका कारण मतगणना अनिश्चितकालका लागि स्थगित भएको निर्वाचन समितिले जानकारी दिएको छ।

विश्वविद्यालय र विशेष प्रदेश कमिटीमा खसेको मतपत्रको विषयमा विवाद भएपछि आइतबार बिहानदेखि मतगणना रोकिएको थियो।

दुईवटा प्रदेशमा खसेको ५ सय २२ मत गणना हुन बाँकी छ। काठमाडौँको बाल्मीकि विद्यापीठमा मतदान भएको दुईवटा प्रदेशको मतपत्रमा रातो मसी र निलो मसी प्रगोग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिले विरोध गरेका थिए। त्यसपछि रोकिएको मतगणना पछि सुचारु गर्नै नसकी रोकिएको हो।

क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश शर्मा, हेमन्त राई, उपदेश यादव, सुदीन पौडेलले उम्मेदवारी दिएका छन्। शर्मालाई हडक्वार्टरको र हेमन्त राईलाई उपमहासचिव जनार्दन शर्माले साथ छ।

उपदेश यादवलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सुदीन पौडेललाई वर्षमान पुनको सहयोग छ।

प्रकाशित: १४ माघ २०८१ ६:३० | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast