ब्याटिङ क्याम्पका लागि क्यानले छान्यो २० खेलाडी

हिमाल प्रेस ३ माघ २०८१ १५:२३ | Thursday, January 16, 2025
ब्याटिङ क्याम्पका लागि क्यानले छान्यो २० खेलाडी फाइल तस्बिर

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ब्याटिङ क्याम्प सञ्चालन गर्ने भएको छ। राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइको प्रत्यक्ष निगरानीमा ब्याटिङ क्याम्प सञ्चालन हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

माघ १२ गतेसम्म सञ्चालन हुने क्याम्पका लागि राष्ट्रिय टोलीका नियमित सदस्य बाहिरका २० खेलाडी छनोट गरिएको छ। क्रिकेट खेलाडीहरुको ब्याटिङ सुधारका लागि त्रिवि क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

क्याम्पका लागि हालै सम्पन्न नेपाल प्रिमियर लिगमा प्रभाव पारेका केही खेलाडी र अन्य क्लवबाट समेत समावेश गरिएको छ। एनपीएलमा प्रभाव पारेका लोकेश बम, सन्तोष कार्की, विपिन रावल, अर्जुन कुमाल र अर्जुन घर्ती मगर पनि समावेश छन्।

प्रकाशित: ३ माघ २०८१ १५:२३ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast