प्रिमियर लिगमा बल्ल चौथो स्थानमा सिटी, छैटौँमा धकेलियो चेल्सी

हिमाल प्रेस १३ माघ २०८१ ८:१७ | Sunday, January 26, 2025
प्रिमियर लिगमा बल्ल चौथो स्थानमा सिटी, छैटौँमा धकेलियो चेल्सी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शनिबारको खेलमा चेल्सीमाथि जित निकाल्दै साविक विजेता म्यानचेस्टर सिटी शीर्ष ४ मा पुगेको छ। २३ खेलमा ४१ अंक ल्याएर सिटी चौथो स्थानमा पुगेको छ। अघिल्ला केही खेलमा लय गुमाउँदा सिटी च्याम्पियन लिग दाबेदारी प्रस्तुत गर्न समेत कमजोर रहेको थियो। पछिल्ला केही खेलले राहत दिलाउँदा चौथो स्थानमा पुगेको हो।

चेल्सीमाथि घरेलु मैदानमा सिटीलाई पुनरागमन जित दिलाउन जोस्को ग्यार्डिओल, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गरे। चेल्सीका नोनी मडोकीले गोल गरे।

सुरुवाती अग्रता चेल्सीले लिएको थियो। मडोकीले तेस्रो मिनेटमा नै गोल गरे। सिटीका लागि खेलको ४२औं मिनेटमा ग्यार्डिओलले बराबरी गोल फर्काए। पहिलो हाफ १-१ को बराबरीमा सकियो।

खेलको ६८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए। खेलको ८७औं मिनेटमा गोल गर्दै फोडेनले गोल गरे पछि सिटीको जित निश्चित बन्यो।

प्रकाशित: १३ माघ २०८१ ८:१७ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast