काठमाडौँ- संसद्का प्रतिपक्षी दलहरूले पछिल्लो समय सरकारले स्वेच्छाचारिता बढाएको निष्कर्ष निकालेका छन्। बैठकमा सहभागी एक नेताका अनुसार सरकारी स्वेच्छाचारीको डटेर प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन्।
सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा बुधबार बिहान बसेको बैठकमा सो विषयमा छलफल भएको हो।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘सरकारले चाँडोभन्दा चाँडो हिउँदे अधिवेशन बोलाओस्। संसद्बाट सरकारले जनताको माग सम्बोधन गरोस् । सरकारले अझै संसद्लाई छलेर काम गर्छ भने विशेष अधिवेशन माग गर्नेछौँ।’
प्रकाशित: २ माघ २०८१ ११:१६ | Wednesday, January 15, 2025
प्रतिक्रिया




