प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

हिमाल प्रेस १३ माघ २०८१ १७:५१ | Sunday, January 26, 2025
प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल फाइल तस्बिर।

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। माघ १८ गतेदेखि सुरू हुन लागेको संसदको हिउँदे अधिवेशन बैठकअघि सभामुख घिमिरेले प्रतिपक्षी दलका प्रमुख सचेतकरूसँग छलफल गरेका हुन्।

हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुका साथै बढीभन्दा बढी बिजनेस ल्याउने विषयमा सभामुखमसँग छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेत सन्तोष परियारले जानकारी दिए।

‘कानुन निर्माणलाई कसरी गतिशील बनाउने? कसरी प्रभावकारी बनाउने? सभामुखज्यूको चासो स्वागतयोग्य छ,’ परियारले भने।

प्रतिपक्षमा रहँदा पनि आफूहरूले कानुन निर्माणका सवालमा संसदलाई प्रभावकारी बनाउन जोड दिँदै आएको उनले बताए।

परियारले समितिमा रहेका विधेयक, प्रतिवेदनसहित संसदमा पठाइएका विधेयकहरूबारे छलफल भएको जानकारी दिए। सरकारले गम्भीर भूमिका निर्वाह नगर्दा सम्म कानुन निर्माण प्रक्रिया अगाडि बढ्न नसक्नेतर्फ आफूहरूले सभामुखको ध्यानाकर्षण गराएको उनले बताए।

सभामुख घिमिरिले यसअघि सत्तारुढ दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। सोमबार उनको सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १३ माघ २०८१ १७:५१ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast