पृथ्वीजयन्तीमा प्रधानमन्त्रीले दिए सामाजिक सञ्जालबाट शुभकामना

हिमाल प्रेस २७ पुष २०८१ १०:३२ | Saturday, January 11, 2025
पृथ्वीजयन्तीमा प्रधानमन्त्रीले दिए सामाजिक सञ्जालबाट शुभकामना केपी ओली। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्। उनले ३०३ औँ पृथ्वीजयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका हुन्।

ओलीले शाहसँगै त्यस अभियानमा योगदान दिएका सबै पुर्खाहरूको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका हुन्।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा भनेका छन्, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु।’

प्रकाशित: २७ पुष २०८१ १०:३२ | Saturday, January 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast