पूर्वाञ्चाल विश्वविद्यायलका कम्प्युटर मुख्य सहायक यादवविरूद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ४ माघ २०८१ १५:२४ | Friday, January 17, 2025
पूर्वाञ्चाल विश्वविद्यायलका कम्प्युटर मुख्य सहायक यादवविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादवविरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

विश्वविद्यालयअन्तर्गत कलेज अफ मेडिकल एण्ड एलाइड साइन्सेजमा मुख्य सहायक कम्प्युटर पदमा अस्थायी नियुक्ति तथा स्कुल अफ म्यानेजमेन्टमा स्थायी नियुक्ति पाउनका लागि यादवले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारले ठहर गरेको छ।

उनले पेस गरेको भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) अन्तर्गत महाराज अग्रेसन पब्लिक स्कुल अशोक विहार नयाँ दिल्लीबाट जारी भएको देखिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली देखिएको अख्तियारको भनाइ छ।

यादवमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन अख्तियारले मागदाबी लिएको छ।

प्रकाशित: ४ माघ २०८१ १५:२४ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast