शीतल निवासमा बुधबार आयोजित समारोहमा राजदूतहरू सुम्निमा तुलाधर, डा. नेत्रप्रसाद तिम्सिना, सेवा लम्साल, प्रा. कपिलमान श्रेष्ठ र प्रकाशमणि पौडेललाई पद तथा गोपनीयताको शपथ गराउँदै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर सौजन्य : राष्ट्रपतिको सचिवालय
                                            काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन्।
राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले बुधबार राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
                            प्रकाशित: १७ पुष  २०८१ १२:१३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

