पन्ध्र खेलाडीसँगै सशस्त्र प्रहरीले १८ जनालाई गर्‍यो विशेष बढुवा

हिमाल प्रेस ८ माघ २०८१ २०:०३ | Tuesday, January 21, 2025
पन्ध्र खेलाडीसँगै सशस्त्र प्रहरीले १८ जनालाई गर्‍यो विशेष बढुवा

काठमाडौँ- सशस्त्र प्रहरीले १८ जनालाई विशेष बढुवा गरेको छ। २४औँ सशस्त्र प्रहरी दिवसका अवसरमा खेलकुद विधाका मात्रै १५ जनालाई विशेष बढुवा गरेको हो।

बढुवा हुनेमा फुटबल खेलाडी भगवती थापा वरिष्ठ हवल्दार, धावकहरू फूलमति राना र गोपीचन्द पार्की हवल्दार पदमा बढुवा भएका छन्। त्यस्तै जवानबाट सहायक हवल्दार पदमा हिरा केसी (भलिबल), अशोक खालिङ (उसु), कविता थापा (उसु), बन्दना राई (ह्याण्ड बल), अनिता केसी (फुटबल), गिता राना (फुटबल), महमद शेखुआलम (कराँते), सन्दिप जोरा (क्रिकेट), सन्जय राई (कराँते), सरु लिम्बु (फुटबल), रविना चौधरी (कबड्डी) र कविता भट्ट (भलिबल) लाई बढुवा गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार नेपाली कला संस्कृति जगेर्ना विधाबाट सीताराम राना वरिष्ठ हवल्दार, विपद् उद्धारतर्फ कहल्सिंह विक र अमर गुरुङ सहायक हवल्दार पदमा बढुवा भएका छन्।

प्रकाशित: ८ माघ २०८१ २०:०३ | Tuesday, January 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast