त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा नेपाल

हिमाल प्रेस १७ माघ २०८१ १२:२२ | Thursday, January 30, 2025
त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध  बलिङमा नेपाल

काठमाडौँ- महिला त्रिदेशीय  शृंखलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन्। घरेलु मैदानमा नेपालले दोस्रो पटक टी २० आई शृंखला खेल्न लागेको हो। यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टी२० आई सिरिज खेलेको थियो।

सिरिजमा नेपाल र नेदरल्यान्ड्सका साथै थाइल्यान्ड्सको सहभागिता छ। महिला टी २० आई वरियतामा नेपाल २०औं, थाइल्याण्ड १३ औं‌ नेदरल्यान्ड्स १६औं स्थानमा छ । शृंखलामा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन्। अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली टिममा अलिसाकुमारी यादव तथा मनिषा उपाध्यायको राष्ट्रिय टिममा डेब्यु भएको छ। मनिषा भर्खरै सकिएको महिला प्रधानमन्त्री कपको शीर्ष विकेटकर्ता रहेकी थिइन्।

नेपालको प्लेइङ ११

इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, इश्वरी बिष्ट र सिता राना मगर

प्रकाशित: १७ माघ २०८१ १२:२२ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast