काठमाडौँ- डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन्। ४० वर्षमा पहिलोपटक भित्रपट्टि शपथ समारोह आयोजना भएको छ। जहाँ करिब ८०० पाहुना मात्र उपस्थित भएको बताइएको छ। यद्यपि बाहिर अत्यधिक ठण्डीका बाबजुद ट्रम्प समर्थकको ठूलो भीड जम्मा भएको छ।
अब्राहम लिंकनको बाइबल र आफ्नो पारिवारिक समेत गरी दुईवटा बाइबल छोएर उनले शपथ लिए। ट्रम्पभन्दा अगाडि उपराष्ट्रपति जेडी भान्सले शपथ लिएका थिए।
प्रकाशित: ८ माघ २०८१ ७:२६ | Tuesday, January 21, 2025
प्रतिक्रिया




