टोटनहममाथिको जितले लिगको दोस्रो स्थानमा आर्सनल

हिमाल प्रेस ३ माघ २०८१ ७:३६ | Thursday, January 16, 2025
टोटनहममाथिको जितले लिगको दोस्रो स्थानमा आर्सनल

इंग्लिस प्रिमियर लिगमा टोटनहम ह्ट्स्परलाई पराजित गरेसँगै आर्सनल शीर्ष दोस्रो स्थान सुनिश्चित गरेको छ। बिहीबार घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलले टोटनहमलाई २-१ गोलले पराजित गरेको हो। जितमा लियान्ड्रो ट्रोससार्डले १ गोल गरे। टोटनहमले १ गोल उपहार स्वरूप दियो। टोटनहमका लागि सन ह्युङले गोल फर्काए।

खेलमा अग्रता भने पराजित टोटनहमले लिएको थियो। टोटनहमका लागि खेलको २५औं मिनेटमा ह्युङले गोल गरेका थिए। खेलको ४०औं मिनेटमा टोटनहमका डोमेनिक सोलंखेको आत्मघाती गोलको सहयोगमा आर्सनलले खेलमा बराबरी गर्‍यो। खेलको ४४औं मिनेटमा ट्रोससार्डले आर्सनलको लागि निर्णायक गोल गरे।

जितसँगै २१ खेलमा ४३ अंकका साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको लिभरपुल भन्दा आर्सनल ४ अंकले पछि छ । लिभरपुलको २० खेलमा ४७ अंक रहेको छ । पराजित टोटनहम २१ खेलमा २४ अंकका साथ १३औं स्थानमा छ ।

प्रकाशित: ३ माघ २०८१ ७:३६ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast