टेस्ट क्रिकेटमा स्मिथको दश हजार रन पूरा

हिमाल प्रेस १६ माघ २०८१ १६:१७ | Wednesday, January 29, 2025
टेस्ट क्रिकेटमा स्मिथको दश हजार रन पूरा

काठमाडौँ- अस्ट्रेलियाका क्रिकेटर स्टिभन स्मिथले टेस्ट क्रिकेटमा दश हजार रन पूरा गरेका छन्। बुधबारदेखि सुरू भएको श्रीलंकाविरूद्धको टेस्ट म्याचमा स्मिथले यो कीर्तिमान बनाएका हुन्।

उनी यसअघि आफ्नो गृह मैदान सिडनी क्रिकेट ग्राउन्डमा भारतविरूद्धको टेस्टमा यो उपलब्धि हासिल गर्न एक रनले चुकेका थिए। श्रीलंकाविरूद्धको टेस्टअघि उनको कूल रन ९ हजार ९ सय ९९ थियो।

स्मिथअघि श्रीलंकाका महेला जयवर्धने मात्र ९ हजार ९ सय ९९ टेस्ट रनमा आउट भएका थिए। त्यस्तै वेस्टइन्डिजका ब्रायन लारा ९ हजार ९ सय ९० रनमा दुईपटक आउट भएका थिए।

टेस्ट क्रिकेटमा दश हजार रन पूरा गर्ने स्मिथ चौथो अस्ट्रेलियन क्रिकेटर बनेका छन्। उनले आफ्नो ११५ औँ टेस्टमा यो उपलब्धि हासिल गरेका हुन्। लाराले १११ औँ र संगकाराले ११५ औँ टेस्टमा दश हजार रन पूरा गरेका थिए।

दश हजार रन पूरा गर्न लागेको इनिङ्सको हिसाबले स्मिथ पाँचौँ स्थानमा छन्। उनले यो उपलब्धि २०५ औँ इनिङ्समा पूरा गरेका छन्। जबकि लारा, सचिन तेन्दुलकर र संगकाराले यो उपलब्धि १९५ इनिङ्समा हासिल गरेका थिए।

दश हजार रन पूरा गर्दा स्मिथको टेस्ट ब्याटिङ औसत ५५.८७ रहेको छ। योभन्दा बढी औसत संगकारा, तेन्दुलकर र रिकी पौन्टिङको मात्र रहेको छ।

प्रकाशित: १६ माघ २०८१ १६:१७ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast