जसपा नेपालको कार्यकारिणी समिति बैठक भोलिदेखि

हिमाल प्रेस १८ माघ २०८१ १७:४० | Friday, January 31, 2025
जसपा नेपालको कार्यकारिणी समिति बैठक भोलिदेखि जसपा नेपालको पार्टी कार्यालय

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु हुँदैछ। बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने गरी कार्यकारिणी समितिको बैठक बोलाइएको हो।

बैठक आइतबारसम्म चल्ने अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक विषयसहित पार्टीको संगठनात्मक कार्यदिशा बारे छलफल र करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’ को वृहत् समीक्षा हुने बताइएको छ।

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पुस र माघ मसान्तसम्मका लागि अभियानको समयावधि थप गरेको थियो।

कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारी अनुसार आ—आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्यप्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ।

मधेश केन्द्रीत दलहरु संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सो बारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल हुने बताइएको छ।

प्रकाशित: १८ माघ २०८१ १७:४० | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast