जय ट्रफीको उपाधि हत्याउन आर्मीलाई १०३ रनको लक्ष्य, पुलिस १३९ रनमा अलआउट

हिमाल प्रेस ३ माघ २०८१ ११:१० | Thursday, January 16, 2025
जय ट्रफीको उपाधि हत्याउन आर्मीलाई १०३ रनको लक्ष्य, पुलिस १३९ रनमा अलआउट तस्बिर : क्यान

काठमाडौंँ- जय ट्रफी मेन्स एलिट कपको उपाधि जित्नका त्रिभुवन आर्मी क्लबले १ सय ३ रनको मध्यम लक्ष्य पाएको छ।वीरगन्जमा जारी फाइनल खेलको अन्तिम दिन बिहीवार आर्मीले जितका १ सय ३ रनको मध्यम लक्ष्य पाएको हो।

दोस्रो इनिङमा पुलिसले १३९ रनमा अलआउट भएको छ। ९ विकेटको क्षतिमा १ सय ३२ रनबाट पुलिसले तेस्रो दिनको खेल सुरु गरेको हो। ७ रन जोड्दा टोली अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले १ सय २ रनको अग्रता बनायो।

पुलिसका लागि कुशल भुर्तेलले ४५ रन जोडे। अमितले १३ रन जोडे। दीलिप नाथ ३४ तथा रासिद खान १८ रन बनाए। पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। आर्मीका बसिर अहमद र साहब आलमले समान ५ विकेट लिए।

पहिलो इनिङमा पुलिसले ९ विकेटको क्षतिमा १ स सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो भने आर्मीले १ सय ७० रन बनाएको थियो।

प्रकाशित: ३ माघ २०८१ ११:१० | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast