काठमाडौँ- घरेलु मैदानमा आर्सनल एस्टन भिल्लासँग बराबरीमा रोकिँदा प्रिमियर लिगको शीर्ष टोली लिभरपुलसँग दूरी घटाउने लक्ष्य कमजोर बनेको छ। शनिबार रातिको खेलमा भिल्लाले पुरागमन बराबरी गर्दा गर्दा आर्सनललाई घाटा परेको हो।
आर्सनलका लागि ३५ औँ मिनेटमा गाब्रियल मार्टिनेलीको अग्रता लिएका थिए। ५५ औं मिनेटमा मार्टिनेजकै पासमा काई हार्भाटेजले आर्सनलका लागि दोस्रो गोल गरे। अप्रत्याशित कमब्याक गरेको भिल्लाका लागि युरी टिलेम्यानले ६० औँ मिनेटमा गोल गरे। त्यसको ८ मिनेटपछि वाले वाटकिन्सले बराबरी गोल गरे।
बराबरीपछि आर्सनल ४४ अंकसहित दोस्रो स्थानमा छ भने भिल्ला ३६ अंक सहित सातौँ स्थानमा छ। आइतबारको खेलमा ३ अंक जोड्न सकेको भए लिग लिडर लिभरपुलसँग अंक दूरी घट्ने थियो। लिभरपुलको ५० अंक छ।
प्रकाशित: ६ माघ २०८१ ७:४९ | Sunday, January 19, 2025
प्रतिक्रिया





