गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु

हिमाल प्रेस २८ पुष २०८१ १९:३३ | Sunday, January 12, 2025
गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु तस्बिरः द टाइम्स अफ इजरायल

जेरुसेलम (रासस/सिन्ह्वा)- उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

इजरायलको सरकारी स्वामित्वमा रहेको कान टीभी न्यूजले बेइट हानौन सहरमा सैन्य गाडीमा सवार हुने क्रममा तीन लडाकु र एक सैनिक चालकको मृत्यु भएको जनाएको छ।

सेनाका अनुसार घटनामा एक ब्रिगेड अधिकृत र एक सैनिक पनि गम्भीर घाइते भएका छन्। कानले पानी परिरहेको बेला उक्त घटना भएको जनाएको छ। आईडीएफले लडाकुहरूले एकैसाथ गोली चलाएको हो कि भनेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २८ पुष २०८१ १९:३३ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast