खो-खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता

हिमाल प्रेस ६ माघ २०८१ २०:२१ | Sunday, January 19, 2025
खो-खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता

काठमाडौँ– पहिलो पटक आयोजना गरिएको खो-खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बनेको छ। नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७८–४० अंकले पराजित भएको हो।

यसअघि शनिबार भएको सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ अंकले पराजित गरेको थियो। क्वाटरफाइनल खेलमा भने नेपालले इरानलाई १०३–८ अंकले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।

समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ अंकले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ अंकले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० अंकले तथा चौथो खेलमा बंगलादेशलाई ८४–२४ अंकले पराजित गरेको थियो।

प्रकाशित: ६ माघ २०८१ २०:२१ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast