खोखो खेलमा नेपाल : पुरुष-महिला दुवै टोली विश्व च्याम्पियनको होडमा

हिमाल प्रेस ६ माघ २०८१ ८:४० | Sunday, January 19, 2025
खोखो खेलमा नेपाल : पुरुष-महिला दुवै टोली विश्व च्याम्पियनको होडमा

काठमाडौँ- नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनलमा प्रवेश गरेका छन्। आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ।

भारतको इन्दिरा गान्धी इन्डोर रंगशालामा महिला फाइनल खेल आइतबार राति ७ बजे र पुरुष फाइनल राति सवा ८ बजेदेखि सुरु हुनेछ।

शनिबार भारतको इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९-१८ ले हराएर फाइनलमा स्थान बनाएको हो। यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन।

महिला टिमले उपलब्धि हासिल गरेको केही घन्टापछि नै नेपालको पुरुष टिमले पनि इरानलाई ७२-२० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो।

नेपाली महिला टिम अपराजित रहँदै फाइनलमा पुगेको हो। नेपाली महिला टिमले भुटानलाई ९३-२४, जर्मनीलाई ७३-३४, श्रीलंकालाई ११०-१० र बंगलादेशलाई ८४-२४ ले हराएर समूह ‘सी’को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो। त्यसपछि नेपालले अन्तिम आठमा इरानलाई पनि एकपक्षीय खेलमा १०३-८ ले हराएको थियो।

नेपालको महिला टिमले युगान्डाविरुद्ध पहिलो डिफेन्स गर्ने निर्णय गरेको थियो। तीन ड्रिम अंकसहित नेपालले इरानलाई पहिलो ‘टर्न’ मा १२-३ मा सीमित पार्‍यो। दोस्रो ‘टर्न’ मा अट्याकको पालोमा नेपालले ३६ अंक जोडेको थियो। दोस्रो ‘टर्न’ सकिँदा नै ३९-१२ स्कोरसहित नेपाल जितनजिक पुगिसकेको थियो।

तेस्रो ‘टर्न’ मा नेपालले उत्कृष्ट डिफेन्स गर्दै थप आठ अंक जोड्यो भने अट्याक गर्ने युगान्डलाई मात्र छ अंक बनाउन दिएको थियो। त्यसपछि चौथो ‘टर्न’ मा नेपालले निरिह बनिसकेको युगान्डाविरुद्ध थप ५० अंक थपेको थियो।

प्रकाशित: ६ माघ २०८१ ८:४० | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast