 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- अखिल क्रान्तिकारीको एक महासचिव पदमा ८ जनाले उम्मेदवारी दिएका छन्। मंगलबार भएको मनोनयन पदमा सञ्जीव फुयाँल बन्दुक, रोशन थापा मगर, रोशन खड्का, पदम काफ्ले, प्रतीक कार्की, तिर्सना हमाल, गोविन्द बानिया र श्याम रोकाको उम्मेदवारी परेकाे छ। क्रान्तिकारीको महाधिवेशन माघ १२ गतेका लागि तोकिएको छ।
कोषाध्यक्षमा पार्वता चौलागाई र फूलमाया राणाको प्रतिस्पर्धा हुने जनाइएको छ। अध्यक्षमा भने ६ जनाको उम्मेदवारी परेको छ। तिर्सना हमाल अन्तिम समयमा महासचिवमा झर्दा ६ जनाको प्रतिस्पर्धा हुने भएको हो।
अध्यक्षमा उपदेश यादव, सुदीन पौडेल, हेमन्त राई, विजय सापकोटा, विश्वमणि थापा, योगेन्द्र बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
                            प्रकाशित: ९ माघ  २०८१ ९:५५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 