क्रान्तिकारीको मतगणना अपडेट : जनार्दननिकट हेमन्तसँग विजयको अग्रता, कति छ हालसम्म मत?

हिमाल प्रेस १३ माघ २०८१ ७:२० | Sunday, January 26, 2025
क्रान्तिकारीको मतगणना अपडेट : जनार्दननिकट हेमन्तसँग विजयको अग्रता, कति छ हालसम्म मत?

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पदाधिकारीको मतगणना जारी छ। हालसम्म हेडक्वार्टर निकट विजयप्रकाश सापकोटा र पार्टी उपमहासचिव जनार्दन शर्मा हेमन्त राईबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ।

हालसम्म १९१५ मत गणना गर्दा विजयले ४५३ मत ल्याएका छन् भने हेमन्तले ४३० मत ल्याएका छन्। उनीहरूबीच २३ मतान्तर छ। लुम्बिनीमा विजयले अग्रता कायम गरे पनि त्यसबाहेकका अन्य प्रदेशमा हेमन्तको अग्रता कायम छ।

अहिले मधेश प्रदेशको गणना भइरहेको छ। जहाँ पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट उपदेश यादवले अग्रता कायम गरेका छन्। मधेशमा उपदेशले ३० मत पाउँदा हेमन्त र विजयले समान २०/२० मत पाएका छन्। मतगणना जारी छ।

समग्रमा विजय र हेमन्तबीच तिब्र प्रतिस्पर्धा बन्दा श्रेष्ठ निकट उपदेश पार्टी उपमहासचिव वर्षमान पुन निकट सुदीन पौडेल १४२ मत ल्याएर चौथोमा छन्। गएको माघ १२ मा भएको चुनावमा ४ उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रकाशित: १३ माघ २०८१ ७:२० | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast