कास्की जिल्ला अदालतको धरौटी रकमविरुद्ध रवि लामिछाने उच्च अदालतमा

हिमाल प्रेस १४ माघ २०८१ १३:४७ | Monday, January 27, 2025
कास्की जिल्ला अदालतको धरौटी रकमविरुद्ध रवि लामिछाने उच्च अदालतमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले धरौटी रकम माग गरेकोविरुद्धमा उच्च अदालत पोखरामा रिट दायर गरेका छन्। उनले कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी रिट दायर गरेको हुन्।

रास्वपा स्रोतका अनुसार अहिले दर्ताको प्रक्रिया चलिरहेको छ। उनी पोखरा जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

प्रकाशित: १४ माघ २०८१ १३:४७ | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast