काठमाडौँ अदालतमा हुँदैछ रवि लामिछानेको थुनछेक बहस

हिमाल प्रेस २ माघ २०८१ ७:२७ | Wednesday, January 15, 2025
काठमाडौँ अदालतमा हुँदैछ रवि लामिछानेको थुनछेक बहस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आजदेखि फेरि थुनछेक बहस हुने भएको छ।

सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो । मंगलबार सार्वजनिक बिदा परेकाले आज बाँकी थुनछेक बहस हुनेछ।

उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरेका थिए । सरकारी वकिलको बहस सकिएको छ। जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ। जाहेरवालाका तर्फबाट डा। सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका छन्। आज लामिछानेका वकिलको बहस गर्नेछन्।

लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन्।काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रकाशित: २ माघ २०८१ ७:२७ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast