काकुको डेब्यू निर्देशनमा ‘परान’ बन्दै, को-को छन् कलाकार?

हिमाल प्रेस १० माघ २०८१ १२:३२ | Thursday, January 23, 2025
काकुको डेब्यू निर्देशनमा ‘परान’ बन्दै, को-को छन् कलाकार?

काठमाडौँ- हास्य टेलिफिल्म ‘सक्किगोनी’ का कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ले फिल्म ‘परान’ निर्देशन गर्ने भएका छन्।
कलाकारितासँगै उनले थुप्रै म्युजिक भिडियने निर्देशन गरिससेका छन्।

फिल्मबार जानकारी दिँदै बुधवार औपचारिक घोषणा गरिएको हो। फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, बुद्धि तामाङ, अञ्जना बराइली, प्रविण खतिवडा, केकी अधिकारी, महेश त्रिपाठी, यमन श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ। साथै निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य पनि देखिने छन्।

फिल्मको निर्मातामा प्रिज्मा एडभटाईजिङका प्रमुख रन्जित आचार्य र व्यवसायी शेखर गोल्छा छन्। आगामी फागुनदेखि धनकुटाबाट फिल्मको छायांकन सुरु गर्ने टिमको तयारी छ।

प्रकाशित: १० माघ २०८१ १२:३२ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast