कांग्रेस संसदीय दलको बैठक आइतबार ल्होत्से हलमा

हिमाल प्रेस ११ माघ २०८१ १२:५६ | Friday, January 24, 2025
कांग्रेस संसदीय दलको बैठक आइतबार ल्होत्से हलमा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने भएको हो।

माघ १८ गतेदेखि संसद् बैठक सुरु हुने भएकाले त्यसअघि आफ्नो धारण बनाउन कांग्रेसले बैठक बोलाएको हो। सरकारले केही विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ। ती विधेयक छिटो पारित गर्ने सरकारमा सामेल दलहरूको तयारी छ।

यसअघि माघ ३ गते कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो। देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई प्रभावकारी काम गर्न निर्देशन दिएको थियो।

प्रकाशित: ११ माघ २०८१ १२:५६ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast