कठिन जितले आर्सनल दोस्रो स्थानमा यथावत्

हिमाल प्रेस १३ माघ २०८१ ९:२३ | Sunday, January 26, 2025
कठिन जितले आर्सनल दोस्रो स्थानमा यथावत्

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आर्सनलले वल्भ्समाथि कठिन जित निकाल्दै दोस्रो स्थानमा यथावत् रहेको छ। आर्सनलले शनिबार वल्भ्सलाई १-० ले कठिन रूपमा पराजित गरेको हो। वल्भ्सको घरेलु मैदानमा ७४औं मिनेटमा रिकार्डो क्लाफायोरीले गरेको गोल नै आर्सनलका लागि निर्णायक भयो।

जितपछि आर्सनल २३ खेलमा ४७ अंकका साथ दोस्रो स्थानमा छ। वल्भ्स २३ खेलमा १६ अंकका साथ रेलिगेसनको नजिक छ।

शनिवारका अन्य खेलमा न्युक्यासलले साउथह्याम्पटनलाई ३-१ ले, लिभरपुलले इप्स्विच टाउनलाई ४-१ ले, ब्राइटनले इभर्टनलाई १-० ले, बर्नमाउथले नटिंघम फोरेस्टलाई ५-० ले र म्यान्चेस्टर सिटीले चेल्सीलाई ३-१ ले पराजित गर्‍यो।

प्रकाशित: १३ माघ २०८१ ९:२३ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast