एम्बाप्पेको ह्याट्रिकमा लालिगामा रियलको छलाङ

हिमाल प्रेस १३ माघ २०८१ ८:०८ | Sunday, January 26, 2025
एम्बाप्पेको ह्याट्रिकमा लालिगामा रियलको छलाङ किलियन एमबाप्पे तस्बिर : एपी/रासस

काठमाडौँ- फ्रान्स फरवार्ड किलियन एम्बाप्पेको ह्याट्रिकमा स्पेनिस टिम रियल म्याड्रिडले लालिगामा सानदार जित निकालेको छ। रियल भालाडोलिडलाई शनिबार राति ३-० ले हराउँदै रियलले लालिगाको शीर्षमा फराकिलो अग्रता कायम गरेको छ।

३० औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले ५७ औं मिनेटमा अर्को गोल थपे। इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे। रियलबाट पहिलो ह्याट्रिक गरेका एम्बाप्पेको यो सिजन १५ गोल पुगेको छ।

रियलको २१ खेलबाट ४९ अंक भएको छ। दोस्रो स्थानको एलेटिको म्याड्रिड समान खेलबाट ४५ अंक छ। एटलेटिकोले भिल्लारियलसँग १-१ को बराबरी खेले।

अन्य खेलमा रियल बेटिसले मालोर्कालाई १-० ले‌ हरायो। लस पालमस र ओसासुना तथा सेभिल्ला र‌ इस्पानुयलले १-१ को बराबरी खेले ।

प्रकाशित: १३ माघ २०८१ ८:०८ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast