एचएमपी भाइरसबारे अध्ययन गरिने

हिमाल प्रेस २ माघ २०८१ २१:२० | Wednesday, January 15, 2025
एचएमपी भाइरसबारे अध्ययन गरिने फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ह्युमन मेटाप्न्यूमो भाइरस (एचएमपीभी) बारे अध्ययन गर्ने भएको छ।

इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ। महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरले त्रिवि शिक्षण अस्पताल र कान्तिबाल अस्पतालमा आउने बिरामीको नमुना संकलन गरेर अध्ययन गरिने बताए।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र महाशाखा मिलेर एचएमपिभीको अध्ययन गर्न थालेको छौँ,’ उनले भने, ‘एचएमपीभी इन्फ्लुयन्जासँग मिल्ने भएकाले इन्फ्लुयन्जा नेगेटिभ भएका बिरामीको नमुना संकलन गरेर अध्ययन गरिने छ।’

मन्त्रालयले आज (बुधबार) एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण गराएको छ। उक्त हल्लाको पछि नलाग्न मन्त्रालयले आग्रह गरेको छ।

ह्युमन मेटाप्न्यूमो भाइरस नेपालमा नयाँ भाइरस नभई विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो। यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्ति, साना बालबालिका र वृद्ध व्यक्तिमा मात्र हुने सम्भावना रहने महाशाखाका निर्देशक डा. घिमिरेले बताए।

प्रकाशित: २ माघ २०८१ २१:२० | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast