उपराष्ट्रपतिसँग भारतीय राजदूतको भेट

हिमाल प्रेस ४ माघ २०८१ १७:३७ | Friday, January 17, 2025
उपराष्ट्रपतिसँग भारतीय राजदूतको भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकासका प्राथमिकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विदेशीय सहयोग र सहकार्यलगायत आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतको ‘छिमेक पहिले’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै केन्द्र सरकारले गहु्ँ निर्यातमा प्रतिबन्ध लगाएको भए पनि नेपालाई दुई लाख टन गहुँ निर्यातको अनुमति दिइएको जानकारी गराएका थिए।

प्रकाशित: ४ माघ २०८१ १७:३७ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast