इप्सविच टाउनको पोष्टमा सिटीको आधा दर्जन गोल, प्रिमियर लिगको चौथो स्थानमा

हिमाल प्रेस ७ माघ २०८१ ७:५६ | Monday, January 20, 2025
इप्सविच टाउनको पोष्टमा सिटीको आधा दर्जन गोल, प्रिमियर लिगको चौथो स्थानमा

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यान्चेस्टर सिटीको यस सिजन खास उपलब्धिमूलक बन्न सकेको छैन। कहिले लगातार हार त कहिले बराबरीले उपाधि दाबेदारी समेत देखाउन सकेको छैन।

अघिल्ला केही खेल गुमाएको सिटीले पछिल्लो इप्सविच टाउनविरुद्धको जितले केही राहत मिलेको छ। इप्सविचविरुद्ध ६-० को सानदार जितले सिटी लिगको चौथो स्थानमा पुगेको छ।

जितसँगै ३८ अंक बनाएर सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। यता तेस्रो र दोस्रो स्थानमा रहेका नटिंघम फरेस्ट र आर्सनलको समान ४४ अंक छ। शीर्षमा पुगेको लिभरपुलको ५० अंक छ।

सिटीको जितमा फिल फोडेनले दुई गोल गरे। २७ मिनेटमा उनले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ३० मिनेटमा कोभ्यासिकले अग्रता दोब्बर पारे। ४२ मिनेटमै फोडेनले व्यक्तिगत दोस्रो गोल गरे।

दोस्रो हाफको ४९ मिनेटमा जेरेमी डोकुले गोल गरे। ५७ मिनेटमा एर्लिङ हालान्ड र ६९ मिनेटमा जेम्स मिकाटीले गोल गरेपछि सिटीले सानदार जित हासिल गरेको हो।

प्रकाशित: ७ माघ २०८१ ७:५६ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast