आर्सनलको सानदार जित, च्याम्पियन लिगको दोस्रो चरणमा

हिमाल प्रेस १० माघ २०८१ ७:१४ | Thursday, January 23, 2025
आर्सनलको सानदार जित, च्याम्पियन लिगको दोस्रो चरणमा

काठमाडौँ- इंग्लिस टोली आर्सनलले लगातारको जितले युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरणमा प्रवेश सुनिश्चित गरेको छ।

घरेलु इमिरेट्स रंगशालामा डाइनामो जाग्रेवमाथि ३-० को जित निकाल्दै आर्सनल च्याम्पियन्स लिगमा दोस्रो चरणमा प्रवेश गरेको हो। आर्सनलले दोस्रो मिनेटमा डेकलान राइसको गोलमा अग्रता लिएको थियो। गाब्रियल मार्टिनेलीको क्रसलाई काइ हार्भाटेजले राइसलाई गोलका लागि अवसर मिलाएका थिए।

खेलको ६६ औँ मिनेटमा हार्भाटेजले अर्को गोल गरे। माइकेल आर्टेटाको प्रशिक्षणमा आर्सनलले पाँच सय औँ गोल गरेको हो। मार्टिन ओडेडाडले तेस्रो गोल गरे। अहिले १६ अंकसहित तेस्रो स्थानमा रहेको आर्सनलको प्ले आफ स्थान पक्का भइसकेको छ भने अर्को साता गिरोनासँग भारी गोल अन्तरले पराजित भएमा मात्र सिधै दोस्रो चरण प्रवेश गर्न बाट रोकिने छ।

लिभरपुल र बार्सिलोना भने दोस्रो चरणमा प्रवेश गरिसकेका छन्।

प्रकाशित: १० माघ २०८१ ७:१४ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast