प्रतिकात्मस तस्बिर।
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
मेसिनरी सामान खरिदसम्बन्धी उजुरीमाथि आयोगको कार्यालय कञ्चनपुरमा छानबिन भइरहेको बेला सापकोटा अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा एक लाख बराबरको घुस रकम फेलापरेको थियो।
अनुसन्धान अधिकृतले सोधपुछ गर्दा मुद्दा मिलाइदिनका लागि स्वेच्छाले नै रकम ल्याएको भन्ने बयान सापकोटाले दिएका थिए। आयोगले बिहीबार सापकोटाविरुद्ध एक लाख बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
प्रकाशित: २६ पुष २०८१ ९:५० | Friday, January 10, 2025
प्रतिक्रिया




