काठमाडौँ- गायक आनन्द कार्की र मुरलीधरको स्वरमा ‘मेरो टोपी’ बोलको गीत सार्वजनिक भएको छ। राष्ट्रिय टोपी दिवसको अवसरमा गीत सार्वजनिक गरिएको हो।
गीतमार्फत नेपाली टोपीको सांस्कृतिक महत्वलाई उजागर गर्न खोजिएको छ। मुरलीधरकाे शब्द र संगीत रहेकाे गीतमा मनोहर सुनामको संगीत संयोजन छ। मुरलीधर गायकमात्रै नभएर कलाकारका रुपमा पनि परिचित छन्।
गीत गायक कार्कीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
यस्ताे छ गीत
                            प्रकाशित: १७ पुष  २०८१ १६:१४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

