आज बलिदानी दिवस

हिमाल प्रेस ५ माघ २०८१ ८:१० | Saturday, January 18, 2025
आज बलिदानी दिवस

काठमाडौँ- आज मधेश आन्दोलन सुरुवात भएको दिन। अन्तरिम संविधानका व्यवस्थाविरुद्ध मधेश आन्दोलन भएको दिनका रूपमा आज ‘बलिदानी दिवस’ मनाइँदैछ।
प्रथम मधेश आन्दोलनको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउने गरेको छ।

मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते यही दिन सिरहाको लहानमा स्थानीय रमेश महतोको निधन भएको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँछन्।

२०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो।

माघ २ गते सुरु भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेशको ज्यान गएको थियो। यसपछि मधेशभर आन्दोलन भएको थियो।

पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो। यही आन्दोलनलाई मधेशवादीले मधेश जनविद्रोहको संज्ञा दिने गरेका छन्।

त्यसै जगमा देशमा संघीयता र संविधान आएको जनाउँदै मधेश प्रदेश सरकार गठन भएदेखि शहीदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको छ।

प्रकाशित: ५ माघ २०८१ ८:१० | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast