अनु लामाले घरेलु फुटबलबाट पनि लिइन् संन्यास

हिमाल प्रेस १६ माघ २०८१ २०:३८ | Wednesday, January 29, 2025
अनु लामाले घरेलु फुटबलबाट पनि लिइन् संन्यास

काटठमाडौँ- नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि संन्यास लिएकी छन्।

विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्दै आएकी अनुले बुधबार घरेलु फुटबलबाट पनि संन्यास लिएको घोषणा गरेकी हुन्।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महिला लिगको फाइनलमा एपीएफ नेपाल पुलिस क्लब पराजित गरेको थियो। खेल सकिने बित्तिकै अनुलाई एपीएफका खेलाडीले गार्ड अफ द अनरबाट सम्मान गर्दै बिदाइ गरेकी थिए।

अनुले अब घरेलु फुटबल नखेल्ने बताइन्। उनले अब आफ्नो बाँकी जीवन फुटबल कोचका रूपमा व्यतीत गर्ने जानकारी दिइन्। आफूले करिब २१ वर्ष फुटबल खेलेको र अब नयाँ आउने खेलाडीहरूका लागि ठाउँ छाडेको उनले बताइन्।

अनुले महिला फुटबलको थप विकास गर्न धेरै भन्दा धेरै घरेलु प्रतियोगिता आवश्यक रहेको उल्लेख गरिन्। सन् २०१९ मा अनुले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएकी थिइन्।

प्रकाशित: १६ माघ २०८१ २०:३८ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast